Information on Foreign Employment
परदेशीका श्रीमतीलाई लगाइले लाञ्छना अपराध हो Stigma against wives of migrants a crime - The videos PSA is about the impact of stigma. It is to raise awareness on stigma or mistreatment faced by migrants and families that is punishable by law. Safer Migration (SaMi) supports migrant workers and their families to deal with social implications of migration, such as stigma, discrimination and distress, through its psychosocial interventions. श्रीमान वैदेशिक रोजगारीमा हुँदा घरमा रहेका श्रीमतीको कार्य जिम्मेवारी अत्याधिक बढेको छ । धेरै जस्तो अवस्थामा महिलाहरुले दुवै अभिभावकको जिम्मेवारी बहन गर्नुका साथै एकल रुपमा परिवार ब्यवस्थापन गर्नुपरेको छ । तथापी महिलाहरुले गरेको योगदानको यथोचित कदर हुन सकेको छैन । कहिले परिवारबाट सहयोग र प्रेरणा पाउँदा पाउँदै पनि महिलाहरुले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेको छ भने, धेरै महिला परिवार, छर–छिमेक तथा समाजबाट विभिन्न लाञ्छना भोग्न वाध्य छन् । यस्तो अवस्था रहनु हुँदैन भन्ने मान्यता राख्ने सामीले, यस विषयमा जन चेतना अभिवृद्धि गर्ने उदेश्यले यो भिडियो निर्माण गरेको हो ।
Psychosocial Program of SaMi - Psychosocial Support: SaMi initiated a psychosocial intervention to help migrants and families left behind deal with the psychological and social stress implied by migration. मनो–सामाजिक परामर्शः वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्याहरुलाई समाधान वा न्यूनिकरण गर्न सक्षम बनाउन आप्रवासी एवम् तिनका परिवारलाई यस कार्यक्रमले मनो–सामाजिक परामर्श प्रदान गर्दछ ।
Financial Literacy Program of SaMi - Financial Literacy: Many migrant households remain ill-equipped to make informed decisions on the use of the remittances generated through migration. SaMi developed financial literacy training to help families keep records of revenues and expenses, to save, and to make financial decisions. वित्तीय साक्षरताः सामीले वैदेशिक रोजगारबाट प्राप्त भएको कमाई (विप्रेषण) लाई सदुपयोग गर्न र सही वित्तीय निर्णयहरु लिन सक्षम बनाउन आवश्यक ज्ञान तथा सीप वित्तीय साक्षरता कार्यक्रमले प्रदान गर्दछ ।